अर्थतन्त्रमा २ खर्बमाथिको क्षति अनुमान , ७ सय संख्यामा सवारी बाढीले बगाएको ब्यवसायीको दाबी

SHARE:

प्रकाश सिग्देल,usa 

पढ्न लाग्ने समय २ मिनेट

सरकारले भोटेकोशी बाढीबाट अर्थतन्त्रमा २ खर्बभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गर्दै रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालका अनुसार पूर्वाधार क्षेत्रमा मात्रै २ खर्बमाथिको क्षति अनुमान गरिएको छ ।  बाढीले रसुवागढी आसपासका सडक, पुल, भन्सार, ९ वाणिज्य बैंकका शाखा बगाएको छ । ऊर्जा मन्त्रालयले रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजना प्रभावित भएको जनाएको छ।   पूर्वाधारमन्त्री लम्सालका अनुसार अनुसार बाढीले पूर्वाधारमा व्यापक क्षति गरेको छ । सरकारले पुल र सडक निर्माणलाई प्राथमिकता दिने उनले बतए । बाढीले सडक र पुलबाहेक ऊर्जा र पर्यटनमा अकल्पनीय क्षति गरेको छ ।

विपत जोखिम प्राधिकरणको बुधबार राती सम्मको अपडेट अनुसार ३५ वटा पक्की पुल र ४५ वटा झोलुङ्गे पुल बगाएको छ । बेत्रावतीदेखि रसुवागढीसम्मको ४० किलोमिटर सडक बाढीले पूर्णरूपमा बगाएको छ । उता रसुवागढी भन्सार पूर्णरूपमा क्षतिग्रस्त भएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार रसुवागढी भन्सारको भौतिक संरचना पूर्णरूपमा क्षतिग्रस्त भएको छ । केही कर्मचारी अझै पनि सम्पर्कविहीन छन् । नेपाल ट्रक यातायात व्यवसायी महासंघ अनुसार बाढीका कारण मालवाहक सवारीसाधन, यातायात व्यवसायी र मजदुर प्रभावित भएका छन् । बाढीले रसुवागढी भन्सार क्षेत्र (टिमुरे) मा अहिलेसम्मकै ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।

नजिकिँदै गरेका ठूला चाडपर्व तिज, दसैं, तिहार र छठ लक्षित गरी चीनबाट आयात गरिएका अर्बौं मूल्य बराबरका मालसामान, सयौँ मालवाहक कन्टेनर र त्यहाँ कार्यरत व्यवसायी, भन्सार एजेन्ट तथा यातायात मजदुर बाढीको चपेटामा परेका छन् । भन्सार यार्डमा रहेका रेडिमेड सामानसँगै ठूलो संख्यामा आयात गरिएका महँगा विद्युतीय सवारीसाधन (ईभी) समेत बाढीले बगाएको छ । व्यवसायीका अनुसार ५–७ सय संख्यामा सवारी बाढीले बगाएको छ । नेपाल हिमालय सीमापार वाणिज्य संघ अध्यक्ष रामहरि कार्कीका अनुसार रसुवागढी नाकामा सामान ढुवानीका लागि पुगेका २ सयभन्दा धेरै ट्रक बाढीले बगाएको अनुमान छ ।

 

 

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट