पढ्न लाग्ने समय २ मिनेट,
प्रकाश सिग्देल,USA
भोटेकोशीमा आएको बाढीका कारण ठूलो मानवीय र भौतिक क्षति भएको छ । नेपाल प्रहरीको पछिल्लो अपडेट अनुसार हालसम्म १५७ जनाको शव फेला परिसकेको छ । रसुवा,धादिङ र नुवाकोट तीन जिल्लाका नदी किनारका बस्तीमा ठूलो क्षति भएको छ । कतै बस्तीहरू नै बगेका छन् । बस्ती नै बगाउँदा कति मानिसको अवस्था के छ भन्ने अझै यकिन भइसकेको छैन । सयौं मानिसहरू हराइरहेको सूचनाहरू आइरहेका छन् ।प्रहरीका अनुसार रसुवामा ३, नुवाकोटमा १३, धादिङमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको छ।
बेपत्ता हुनेमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजमती कर्मचारी देखि विभिन्न विद्युत आयोजनामा काम गर्ने व्यक्तिहरू पनि छन् । नेपाल प्रहरीले अहिलेसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्कमा नआएको पनि जनाएको छ। रसुवा बाढीका कारण सम्पर्कविहीन भएका पर्यटक ४ सय ३ पुगिसकेको छ । नेपाल पर्यटन बोर्डका अनुसार ३ सय ४१ विदेशी र ६२ नेपाली पर्यटक सम्पर्कविहीन भएका छन् । जसमा २ सय ३ पुरुष र २ सय महिला छन् ।सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै भारतीय छन् । कुल १ सय ३३ भारतीय पर्यटक बेपत्ता छन् । अमेरिकी ४७ जना बेपत्ता छन् ।बेलायती ३३, अस्ट्रेलिया ३४, क्यानडा २४, मलेसिया १९, युक्रेन ७ र दक्षिण अफ्रिकका ६ पर्यटक बेपत्ता छन् ।त्यसैगरी सिंगापुरका ६, न्यूजिल्यान्ड र जापान ५/५, जर्मनी ४, फ्रान्स ३ र स्पेनका २ पर्यटक सम्पर्कविहीन छन् ।
बाढीबाट घाइते भएकाहरू मध्ये २० जना त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं, ४ जना ट्रमा सेन्टर, 3 जना वीर अस्पताल, १ जना वीरेन्द्र सैनिक अस्पताल छाउनी, ३ जना नर्भिक अस्पतालमा र ९ जना त्रिशूली अस्पतालमा उपचाररत छन्। बाढीका कारण ४ सय ३ पर्यटक सम्पर्कविहीन भएका छन्, जसमा ३ सय ४१ विदेशी र ६२ नेपाली छन् । सम्पर्कविहीनमध्ये २ सय ३ पुरुष र २ सय महिला छन् । सबैभन्दा धेरै १ सय ३३ भारतीय पर्यटक बेपत्ता भएका छन्, त्यसपछि अमेरिकी ४७, अस्ट्रेलिया ३४ र बेलायती ३३ जना छन् ।


