रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्क विहीन/ १४ जना भन्सारका कर्मचारी पनि सम्पर्कमा छैन्न

SHARE:

पढ्न लाग्ने समय १ मिनेट,

प्रकाश सिग्देल usa

रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन् । नेपाल प्रहरीका ३२ र सशस्त्र प्रहरीका ९ गरी कुल ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका हुन् ।नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार अहिलेसम्म ३२ प्रहरी सम्पर्कविहीन भएका छन् । ‘केही सम्पर्कमा आएका छन् । त्यस्तै रसुवागढी भन्सार कार्यालयमा कार्यरत कर्मचारीमध्ये २५ जना सम्पर्कमा आएका छन् । अर्थ मन्त्रालयका अनुसार भन्सार प्रमुख राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आएका हुन् । रसुवागढी भन्सारमा कुल ३६ स्थायी दरबन्दी थियो । बाँकी ११ स्थायी कर्मचारी र ३ जना करार तथा ज्यालादारी कर्मचारीको खोजी जारी रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय टिमुरे, स्याफ्रुवेशी प्रहरी चौकी, रसुवागढी र मैलुङ प्रहरी कार्यालयमा क्षति भएको छ । त्यसैगरी सशस्त्र प्रहरीका पनि ९ जना सम्पर्कविहीन भएका छन् । बीओपी टिमुरेमा कार्यरत ९ जना अहिलेसम्म सम्पर्कमा नआएको सशस्त्र प्रहरीले बताएको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट