प्रकाश सिग्देल,
आज संयुक्त राज्य अमेरिकाभरि उत्साह र उल्लासका साथ स्वतन्त्रता दिवस (Independence Day) मनाइएको छ। हरेक वर्ष जुलाई ४ मा मनाइने यो दिवस अमेरिकाले बेलायती शासनबाट स्वतन्त्रता प्राप्त गरेको ऐतिहासिक दिनको स्मरणमा मनाइन्छ। सन् १७७६ मा United States Declaration of Independence जारी गर्दै १३ वटा उपनिवेशहरूले आफूलाई स्वतन्त्र राष्ट्र घोषणा गरेका थिए।
उक्त ऐतिहासिक दस्तावेज तयार पार्न Thomas Jefferson लगायतका नेताहरूको महत्वपूर्ण भूमिका रहेको थियो।आजको दिन अमेरिकाभरि विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको छ। ठूला शहरहरूमा भव्य आतिशबाजी, परेड, सांगीतिक कार्यक्रम तथा पारिवारिक जमघटहरू हुँदैछन्।
विशेषगरी National Mall क्षेत्रमा भव्य आतिशबाजीले दर्शकलाई आकर्षित गरेको छ।स्वतन्त्रता दिवस अमेरिकनहरूको लागि केवल उत्सव मात्र नभई लोकतन्त्र, स्वतन्त्रता र राष्ट्रिय एकताको प्रतीकका रूपमा पनि लिइन्छ। घरघरमा राष्ट्रिय झण्डा फहराउँदै नागरिकहरूले देशप्रेम प्रकट गर्ने परम्परा रहँदै आएको छ। यस अवसरमा राष्ट्रपति तथा अन्य नेताहरूले देशवासीलाई शुभकामना दिँदै स्वतन्त्रताको मूल्य जोगाइराख्न सबैलाई आह्वान गरेका छन्।



