भगवान विष्णु प्रति श्रद्धा प्रकट गर्ने दिन / महाभारतकालीन पात्र भीम पानी समेत नपिई बसे व्रत

SHARE:

काठमाडौँ / अमेरिका –प्रकाश सिग्देल

पढ्न लाग्ने समय: १ मिनेट,

हिन्दू धर्मावलम्बीहरूका लागि अत्यन्त महत्वपूर्ण मानिने निर्जला एकादशी आज श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। यो एकादशी वर्षभरका सबै एकादशीमध्ये सबैभन्दा कठोर व्रतका रूपमा चिनिन्छ, जसमा भक्तजनहरूले पानीसमेत नपिई उपवास बस्ने परम्परा रहेको छ।धार्मिक मान्यताअनुसार, निर्जला एकादशीको व्रत बसेमा वर्षभरका सबै २४ वटा एकादशीको फल प्राप्त हुने विश्वास गरिन्छ। विशेषगरी भगवान विष्णु प्रति श्रद्धा प्रकट गर्दै यो व्रत बस्ने गरिन्छ। शास्त्रमा उल्लेख भएअनुसार महाभारतकालीन पात्र भीमसेन ले अन्य एकादशी व्रत पालन गर्न नसकेपछि यही एक दिनको कठोर व्रत बस्न थालेको किंवदन्ती पनि प्रचलित छ।

नेपाल, भारतसहित विश्वभर रहेका हिन्दू समुदायले बिहानै स्नान गरी मन्दिर दर्शन, पूजा–आराधना तथा दानपुण्य गर्ने गर्दछन्। विशेषगरी तुलसी, फलफूल र प्रसाद चढाएर भगवान विष्णुको आराधना गर्ने चलन छ। तर चिकित्सकहरूले अत्यधिक गर्मीमा पानीसमेत नखाई बस्ने यो व्रत स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने चेतावनी दिएका छन्। विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा दीर्घरोगीहरूले व्रत बस्दा सावधानी अपनाउन वा चिकित्सकको सल्लाह लिन सुझाव दिइएको छ।

धार्मिक आस्था र अनुशासनको प्रतीकका रूपमा रहेको निर्जला एकादशीले आत्मसंयम, त्याग र भक्ति भावलाई अझ सुदृढ बनाउने विश्वास गरिन्छ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट