भगवान श्रीकृष्णको उपदेश अमेरिकी भूमिमा फैलाउदै विदूषी देवी प्रतिभा / अमेरिका बाल्टिमोरमा कथा वाचन सम्पन्न

SHARE:

अमेरिका मेरिल्याण्ड,
पढ्न लाग्ने समय १ मिनेट,
ख्याति प्राप्त कथा वाचिका विदूषी देवी प्रतिभाले मेरिल्याण्डमा दुई दिने कथा वाचन सम्पन्न गर्नु भएको छ  । किरिया पुत्री भवन निर्माण सहयोगको लागि सयौ श्रद्धालु भक्तजनहरुको सहभागिताका बिच  शनिवार र आईतवार  दुई दिने कथा वाचन कार्यक्रम भएको हो ।  देवी प्रतिभाको कथा वाचन कार्यक्रम मेरिल्याण्डमा स्थापित नेपालीहरुको संस्था वाल्टिमोर एशोसियशन अफ नेप्लीज ईन अमेरिका वानाले आयोजना गरेको हो ।किरिया पुत्री भवन अभाव लामो समय देखि खड्किएकाले यसलाई पुर्णता दिन यो कार्यक्रमा आयोजना गरेको कार्यक्रमका संयोजक तीर्थ पाण्डेयले बताउनु भयो ।भक्तजनहरुले कलश खरीद गरेर , कार्यक्रम स्थलमा दान दिएर कार्यक्रमलाई आर्थिक र सामाजिक रुपमा भब्य बनाउन सहयोग गर्नु भएको   संयोजक तीर्थ पाण्डेय बताउनु हुन्छ । अनेसास अवार्ड कमिटिका संयोजक समेत रहनु भएका पाण्डेयले कार्यक्रम सफलताको लागि विभिन्न कमिटिहरु, मिडिया, समाजसेवी दाता,स्थानीय संघ संस्थाहरुको समेत हातेमालो गरेर सफल भएको बताउदै सबै लाई धन्यवाद दिनु भयो । कार्यक्रममा स्थानीय हिन्दू बुद्ध मन्दिर मेरिल्याण्डमा वस्दै आउनु भएका गुरुहरु, डेलिगेट हयारी भण्डारी , एनआरएन मेरिल्याण्ड च्याप्टर लगायतका संस्थाहरुले विभिन्न तरिकाले सहयोग गर्नु भएको थियो । दाताहरुले प्रदान गरेका रकम तथा आय व्यव विवरण निकट भविष्यमा सार्वजनिक गरिने आयोजकले जानकारी दिएका छन् ।  कथावाचिका देवी प्रतिभाले समुदायमा पुरयाउनु भएको अतुलनीय भूमिका र प्रवचन मार्फत अन्र्तराष्ट्रिय जगतमा दिक्षीत गराउनु भएकोमा मेरिल्याण्ड जनरल एसेम्वलीको तर्फबाट माननीय डेलिगेट डा ह्यारी भण्डारीले साईटेशन समेत प्रदान गर्नु भएको थियो । आयोजक संस्था वाल्टिमोर एशोसियशन अफ नेप्लीज ईन अमेरिका वानाका अध्यक्ष जितेन गुरुङले कार्यक्रम भब्यरुपमा सफल बनेको र अव संस्थाले राखेको लक्ष्यमा अगाढी बढ्ने बताउनु भयो । देवी प्रतिभाले  अमेरिकाको विभिन्न राज्यमा कथा वाचन कार्यक्रम गरिसक्नु भएको छ । कथा वाचन, भगवद् गीता प्रवचन, भजन संध्या, पूजापाठ र आरती मार्फत भगवान श्रीकृष्णको उपदेश र धर्मको गहिरो सन्देश अमेरिकी भूमिमा फैलाउनु भएको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट