नेपाली अमेरिकी सांसद डा ह्यारी भण्डारीको सर्वत्र चर्चा / भण्डारीकै पहलमा ४०० बढि नेपालीको मृत शवको भयो दाहसंस्कार,

SHARE:

प्रकाश सिग्देल ,अमेरिका,
पढ्न लाग्ने समय : २ मिनेट,

अमेरिकामा बसोबास गर्दै आएका नेपाली समुदायका लागि डा ह्यारी भण्डारी एक परिचित र सम्मानित नाम हो। अमेरिका मेरिल्याड राज्यका स्टेट डेलिगेटका रूपमा सक्रिय भण्डारीले राजनीतिक भूमिकासँगै सामाजिक सेवामा पनि उल्लेखनीय योगदान पुर्‍याउँदै आउनु भएको छ ।  विशेषगरी, अमरिकाममा रहेका नेपालीहरूको दुःख–सुखमा साथ दिने उहाँको मानवीय पहलले समुदायमा गहिरो प्रभाव पारेको छ। हालका वर्षहरूमा नेपाली समुदायमा व्यापक रूपमा चर्चा हुने विषय भनेको भण्डारीले अमेरिकामा निधन भएका नेपालीहरूको दाहसंस्कारमा पुर्‍याएको सहयोग हो।भिन्न स्रोत र सामुदायिक अनुभवका आधारमा उहाँले हालसम्म ४०० बढि मृत शवलाई दाहासंस्कार र नेपाल पठाउने काममा निकै ठुलो सहयोग गर्नु भएको छ । पिडामा परेका परिवारलाई कठिन परिस्थितिमा भण्डारीले दिएको साथको पिडित परिवारले खुलेर प्रशंसा गर्ने गरेका छन् । विशेषतः आफन्त नभएका, आर्थिक रूपमा कमजोर वा प्रक्रियागत जटिलतामा परेका परिवारहरूलाई उहाँले सहयोग गर्दै आउनु भएको जानकारहरु बताउछन् । अमेरिकामा दाहसंस्कार प्रक्रिया महँगो र जटिल हुने गरेको छ ।  यस्तो अवस्थामा भाषा, कानुनी प्रक्रिया र आर्थिक पक्षले झन् समस्या थप्ने गर्छ। यस्ता कठिनाइबीच भण्डारीले सम्बन्धित निकायसँग समन्वय गर्ने, कागजी प्रक्रिया सहज बनाउने,  न्युन भन्दा न्युन सुल्कमा दाहसंस्कारका लागी ब्यवस्थापन मिलाउने र आवश्यक परामर्श दिने काम भण्डारीले गर्दै आउनु भएको छ ।

  यसले पीडित परिवारलाई ठूलो राहत मिल्ने गरेको बताइन्छ।कोरोनाका बेला केहिलाई आफैले पैसा हालेर केही लाई गो फण्डमार्फत पैसा संकलन गरेर निकै जटिल अवस्थाका बिच पनि दाहासंस्कार गरेको घटना भण्डारी सुनाउनु हून्छ ।राजनीतिमा सक्रिय रहँदै सामाजिक उत्तरदायित्व पूरा गर्नु भण्डारीको विशेषता बनेको छ। उहाँ Democratic Party सँग आबद्ध रहेर राजनीतिमा सक्रिय रहदै आएपनि उहाँका सामाजिक पहलहरू राजनीतिक सीमाभन्दा माथि उठेर सबैका लागि समान रूपमा लक्षित देखिन्छन्। शिक्षा, समुदाय सुदृढीकरण तथा आपतकालीन सहयोगका क्षेत्रमा पनि उहाँको सक्रियता उल्लेखनीय रहेको छ।अमेरिका भरि नेपाली समुदायमा समस्या आईपरे सबैले डा भण्डारीलाई नै सम्झने र फोन गर्ने गरेका छन् ।नेपाली दुताबासले गर्नु पर्ने काम डा भण्डारीले गर्नु परेको मेरिल्याड बाल्टिमोरमा रहेका नेपाली समुदायका अगुवाहरु बताउछन् ।  
नेपाली मूलका एक प्रतिनिधिले विदेशी भूमिमा आफ्ना समुदायका लागि गरेको यस्तो योगदान धेरैका लागि प्रेरणाको स्रोत बनेको छ। परदेशमा बस्ने नेपालीहरूका लागि संकटको समयमा साथ दिने व्यक्तित्वका रूपमा उहाँप्रति विश्वास र सम्मान दुवै बढ्दो छ।२०१८मा भएको निर्वाचनमा रिपब्लिकन पार्टिको बहालवाला सांसद लाई हराएर डा भण्डारी पहिलो नेपाली अमेरिकन संसद बनि स्टेट डेलिगेटको यात्रा सुरु गर्नु भएको थियो । ८० प्रतिशत हाराहारिमा गोरा १५ प्रतिशत अफ्रिकन अमेरिकन र ५ प्रतिशत एसियन अमेरिकन भएको ठाउमा डा ह्यारिले जित निकाल्नु भएको हो ।
२०२२ मा डिस्टिक ८ पुन सिमाङ्कन हुदा केहिनयाँ क्षेत्र गाभिएर र २०१८मा भण्डारीले चुनाब जितेर प्रतिनिधित्व गरेका क्षेत्रहरु छोड्नु पर्यो  नयाँ क्षेत्रमा नेपाली भोटर २०० को हाराहारि मात्र छन् । बाल्टिमोरमा अधिक संख्यमा नेपालीको बसोबास भएपनि डा भण्डारीको क्षेत्रमा नेपालीको संस्या न्युन छ । तर डाक्टर भण्डारी हरेक समय नेपालीकै हितमा कृयासिल हुनुहुन्छ ।भण्डारी समय मिल्ना साथ मतदाताका घरघरमा पुग्ने र आफुले गरेका कामका बारेमा मतदातालाई जानकारी दिनका साथै उनिहरुका समस्या र गुनासाहरु सुन्ने गर्नु भएको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट