खोजिमा आफनो सम्यन्त्र प्रयोग गर्ने मेरिल्याड राज्य सांसद डा ह्यारी भन्डारीको तर्क

अमेरिकामा PhD गरेका पवन गैरे र अर्का एक नेपाली हराए/ खेजी कार्यमा सहयोग गर्न दुतावासको आग्रह,

SHARE:

प्रकाश सिग्देल,वासिङ्टन, डी.सी,

पढ्न लाग्ने समय १ मिनेट,

संयुक्त राज्य अमेरिकामा हराइरहेको रिपोर्ट भएका दुई नेपाली नागरिकलाई खोजिकार्यमा सहयोग पुर्याउन वासिङ्टन, डी.सी.स्थित नेपालको दूतावासले अपिल गरेको छ । प्रेस बक्तब्य जारी गर्दै दूतावासले हराइरहेका व्यक्तिहरूका आफन्तहरूबाट हराएको  सूचना प्राप्त गरेको र सम्बन्धित क्षेत्रहरूका स्थानीय कानून प्रवर्तन निकायहरूसँग समन्वय गरेको जनाएको छ।  यसले नेपाली समुदायका संगठनहरू र प्रवासी सदस्यहरूलाई जारी खोजी प्रयासमा सहयोग गर्न पनि आग्रह गरेको छ। हराइरहेका व्यक्तिहरूमध्ये एक, २९ वर्षका पवन गैरे, मार्च २०२६ मा नेब्रास्का देखि फ्लोरिडा यात्रा गरिरहेको अन्तिम पटक थाहा पाइएको जनाएको छ । उनि चडेको कार  Pensacola Beach मा फेला परेको पनि दुताबासले जनाउको छ । उनि University of Nebraska Lincoln बाट २०२५ मा Electrical Enginneering मा बिद्यावारिदि सम्पन्न गरेको दुतावासको रेकडमा उल्यख छ ।
त्यस्तै अर्का २६ वर्षका बिकास न्यौपाने पनि हराईरहेको जनाईएको छ । अन्तिम पटक टेक्ससको आर्लिङ्टनमा देखिएका थिए। उनी ४ अगस्त २०२१ देखि टेक्सास विश्वविद्यालय, आर्लिङ्टनमा भर्ना भएका थिए र करिब दुई वर्षदेखि आफ्ना परिवारसँग सम्पर्कमा छैनन्। परिवारका सदस्यलाई ईमेलमा neupanealisha56@gmail.com सम्पर्क गर्न भनेको छ।
उनिहरुको अवस्था बारे जानकारी पाउनेले नेपालको दूतावासलाई 202-774-4780 वा 202-480-6858 मा सम्पर्क गर्न  वा info@nepalembassyusa.org वा consular@nepalembassyusa.org मा इमेल मार्फत सम्पर्क गर्न पनि आग्रह गरेको छ । मेरिल्याड राज्य सांसद डा ह्यारी भन्डारीले यो घटनाले आफु निकै दुखित भएको बताउदै हराएकाहरुको पहिचानका लागी आफुले आफनो सम्यन्त्र प्रर्योग गरेर काम गर्ने जानकारी दिनु भएको छ । 

 

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट