प्रकाश सिग्देल
पढ्न लाग्ने समय : १ मिनेट ३० सेकेन्ड
बाल्टिमोर काउन्टी कम्युनिटी कलेज CCBC ले नयाँ वेल्डर प्रशिक्षण कार्यक्रम सन्चालन गर्ने भएको छ । डन्डक क्याम्पसमा नयाँ १२,००० स्क्वायर फुटको वेल्डिङ प्रशिक्षण केन्द्र सिलन्यास भएको छ । बाल्टिमोर कम्युनिटी फाउन्डेसन, BCF ले मेरिल्याड टफ बाल्टिमोर स्ट्रङ की ब्रिज फन्ड मार्फत १ मिलियन डलर सहयोग गरेको हो । BCF का अध्यक्ष तथा CEO डा शानेशा साउल्सले कम्युनिटी कलेज अफ बाल्टिमोर काउण्टी र सेन्ट्रल स्कलरशिपसँग साझेदारी गर्न पाउदा गर्भ महसुस गरेको बताईन् ।
CCBC लाई दिइएको १ मिलियन अमेरिकी डलरको अनुदानले स्कूललाई यसको वेल्डिङ कार्यक्रम विस्तार गर्न सक्षम बनाउने बताईएको छ । वेल्डिङ प्रशिक्षण केन्द्र भविष्यका वेल्डरहरूलाई शिक्षित गर्नमा एक महत्वपूर्ण लगानी हो। नयाँ वेल्डिङ प्रशिक्षण केन्द्रको डिजाइन र साइट तयारी पहिले नै सुरु भइसकेको छ। निर्माणको काम डिसेम्बर २०२६ भित्र पूरा हुने अपेक्षा गरिएको छ। विद्यार्थीहरूको पहिलो समूह जनवरी २०२७ मा आफ्नो प्रशिक्षण सुरु गर्ने आशा गरिएको छ। यी प्रयासहरूले सीसीबीसीको दीर्घकालीन लक्ष्यमा योगदान पुर्याउँने छ । जसले बाल्टिमोर क्षेत्रको दक्ष व्यापार शिक्षाको प्रमुख केन्द्रको रूपमा सेवा पुर्याउने अपेक्षा छ ।
सीसीबीसीका अध्यक्ष सान्ड्रा कुर्टिनिटिसले बल्टिमोर कम्युनिटी फाउन्डेशनलाई यस रूपान्तरणकारी १ मिलियन डलरको अनुदानका लागि गहिरो रूपमा आभार ब्यक्त गरिन । यो वित्त पोषण हाम्रो कलेजमा मात्र लगानी होइन यो हाम्रो क्षेत्रको भविष्यमा लगानी हो, जसले हामीलाई व्यक्तिहरूलाई उच्च माग भएका सीपहरू प्रदान गर्न सक्षम बनाउँछ, जसले हाम्रो महत्वपूर्ण पूर्वाधार पुनर्निर्माण गर्न र दिगो, परिवार(समर्थन गर्ने करियरको बाटोहरू प्रदान गर्ने अवसरहरू सिर्जना गर्न मद्दत गर्छ । उनले भनिन हामी सीपयुक्त व्यापार शिक्षामा एक नेतृत्वकारी शक्ति बन्न र क्षेत्रीय श्रम बजारको आवश्यकताहरू पूरा गर्न प्रतिबद्ध छौं।”
“बालटिमोर कम्युनिटी फाउन्डेसनबाट आएको यो उपहार समय सापेक्ष र दूरदर्शी दुवै हो,” सेंट्रल स्कलरशिपका अध्यक्ष टियरा ए डोर्सीले भने। “फ्रान्सिस स्कट की ब्रिजको पतन पछि, यस कार्यक्रमले पुनर्निर्माणमा लगानी गर्दछ—केवल ब्रिज मात्र होइन, मेरिल्याण्डको पूर्वाधार कायम राख्न र बलियो बनाउन आवश्यक प्रतिभा पाइपलाइनमा पनि। हामी सीपयुक्त श्रमिकहरूको अर्को पुस्तालाई समर्थन गर्न BCF सँग साझेदारी गर्न पाउँदा सम्मानित महसुस गर्छौं।
कार्यक्रमामा बाल्टिमोर काउन्टी एक्जुकेटिभ क्याथी क्लाउज्मायरले यो कार्यक्रममा दिर्घकालमा धेरै फाईदा पुग्ने बताउनु भयो । बाल्टिमोर काउन्टीले दक्ष जनशंक्ति उत्पादनका लागी निशुल्क यस्ता धेरै कार्यक्रमहरुमा लगानी गरिरहेको बताईन् । हाम्रा विद्यार्थीहरूको लागि यस्तो अवसर सुनिश्चित गर्न पाउनु निकै खुसिको कुरा भएको बताउनु भयो ।
डेलिगेट डा ह्यारी भण्डारीले मेरिल्याण्ड राज्य र बाल्टिमोर काउन्टीबीचको बलियो साझेदारीका कारण, हाम्रा धेरै विद्यार्थीहरूले अहिले विश्वस्तरीय समुदाय कलेज शिक्षा पाउने पहुँच पाएका बताउनु भयो । उहाले बिद्याथीले अक्सर न्यूनतम वा सुन्य लागतमा पढ्न पाएका बताउनु भयो ।
डेलिगेट डा भण्डारीले भन्नु भयो यस्तो लगानीलाई समर्थन गर्न गर्वित छु जसले एन्यापोलिसमा हाम्रो कामलाई यहाँ बाल्टिमोर काउन्टीका विद्यार्थीहरू र परिवारहरूको वास्तविक अवसरसँग जोड्दछ। यो परियोजनाले श्रमशक्ति तालिम विस्तार गर्न र बलियो अर्थतन्त्र निर्माण गर्न सँगै काम गर्ने राज्य र स्थानीय साझेदारीहरूको शक्ति प्रतिबिम्बित गर्दछ।
नयाँ केन्द्रमा अत्याधुनिक वेल्डिङ प्रयोगशाला, आधुनिक कक्षाकोठा, भर्चुअल रियालिटी प्रशिक्षण प्रयोगशाला, र उपकरण तथा विद्यार्थी समर्थनका लागि समर्पित क्षेत्रहरू हुनेछ—उच्च माग भएका उद्योगहरूको परिवर्तनशील आवश्यकताहरू पूरा गर्न यो कार्यक्रम डिजाइन गरिएको भण्डारी बताउनु हुन्छ । समारोहमा डेलिगेटहरु, विद्यार्थीहरू, कलेज प्रशासन, ट्रस्टीहरू, र समुदायका सदस्यहरूसँग सहभागी थिए ।


