अमेरिका र इरानबीच १५ दिने युद्धविराम जारी /युद्धविरामको अवधिभर स्ट्रेट अफ होर्मुज खुला

SHARE:

पढ्न लाग्ने समय : १ मिनेट,

अमेरिका र इरानबीच १५ दिने युद्धविराम जारी छ । इरानले युद्धविरामको अवधिभर स्ट्रेट अफ होर्मुजमा अवरोध नपुर्‍याउने भएको छ । इरानको विदेश मन्त्रालयले युद्धविरामको अवधिभर पूर्ण रुपमा होर्मुज सञ्चालन हुने घोषणा गरेको अलजजिराले जनाएको छ ।  उनीहरूबीच आपसी वार्ता समेत भइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुजनमा अवरोध नहटाउँदो नाकाबन्दी गरेका थिए । गत अप्रिल सातको मध्यरातमा अमेरिका र इरानबीच १५ दिने युद्धविराम घोषणा भएको थियो । पाकिस्तानको मध्यस्थतामा उनीहरूबी युद्धविराम भएको थियो । युद्धविरामको अवधिमा पाकिस्तान, अमेरिका र इरानका त्रिपक्षीय प्रतिनिधिमण्डलबीच वार्ता समेत भएको थियो । वार्ताले कुनै परिणाम निकाल्न सकेन । उक्त वार्ता असफल भएसँगै इरान र अमेरिकाबीच सहमति कायमका लागि पाकिस्तान पुनस् सक्रिय छ । दुई मुलुकबीच दोस्रो तहमा वार्ता भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । यसैबीच यही सप्ताहान्तभित्र परिणामुखी वार्ता हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी सार्वजनिक भएको छ । विश्वको कूल आपूर्तिको २० प्रतिशत हिस्सा होर्मुजबाट हुँदै आएको छ । युद्धका कारण इरानले होर्मुज अवरोध गर्दा विश्वव्यापी रुपमा इन्धनको भाउ आकाशिएको अवस्था छ । यो स्थिति जारी रहेको खण्डमा विश्वको आर्थिक वृद्धिमा २ प्रतिशतले ह्रास आउने विवरण अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको थियो । आईएमफले विश्वले आर्थिक मन्दी खेप्नुपर्ने अवस्था आउने चेतावनी समेत दिएको थियो ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट