प्रकाश सिग्देल,
पढ्न लाग्ने समय : ४५ सेकेन्ड,
नेपाल आर्मीले आत्म रक्षाका लागी गोलि चलाउदा चितवन राष्ट्रिय निकुन्जमा १ वटा गैडाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनाश थापा मगरका अनुसार चैत्र २६ गते चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको श्री नयाँ गोरख गण अन्तर्गत सेरी सुरक्षा पोष्टबाट दिउँसो नफ्रि निकुञ्जको कोर क्षेत्रमा परिचालित टोली गस्ती गर्दै जाने क्रममा अकस्मात् अर्धबयस्क बच्चा सहितको पोथी एकसिङ्गे गैंडाले एक सिपाहीलाई आक्रमण गरेको थियो । गस्तीमा खटिएको टोलीले सुरक्षात्मक उपाय अवलम्बन गर्दा समेत गैंडाले एकजना सिपाहीलाई आक्रमण गरेको र आत्मरक्षाको क्रममा सोही गस्ती टोलीका कमाण्डरले गैंडा धपाउने प्रयासमा दश राउण्ड हवाई फायर गर्दा पनि उक्त गैंडा नभागेपछि निज गस्ती कमाण्डरको आदेशमा अर्का एक सिपाहीले थप ४ चार राउण्ड हवाई फायर गर्दा समेत गैंडाले आक्रमण गरेको हुँदा घाइते सिपाहीको बचाउको लागि थप २ राउण्ड गोली चलाइएको र गोलि चलाउदा एउटा गोली गैंडाको पेटभन्दा माथि करङ्गमा लागेर अन्दाजी २४ वर्षको उक्त पोथी गैंडाको घटनास्थलमा नै मृत्यु हुन गएको प्रेस विज्ञप्ती मा उल्यख छ । उक्त मृत गैडाको खाग खुर सुरक्षित रहेको पनि सूचना अधिकारी अविनाश थापा मगरले प्रेस विज्ञप्ती मार्फत बताए । राष्ट्रिय निकुञ्ज कार्यालयका पशु चिकित्सकहरुको टोलीले पोष्टमार्टम गरी हेर्दा उक्त गैंडाको फोक्सोमा प्वाल परेको भेटिएको प्रेस विज्ञप्तीमा उल्यख छ । गैंडाको आक्रमणबाट घाइते सिपाहीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्दार गरी हाल श्री विरेन्द्र अस्पताल, छाउनी, काठमाण्डौमा सघन उपचार भईरहेको राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।


