उपसभामुख रुबी कुमारी ठाकुरले लिईन शपथ

SHARE:

पढ्न लाग्ने समय : ३० सेकेन्ड,

प्रतिनिधि सभाका नवनियुक्त उपसभामुख रुबी कुमारी ठाकुरले शपथ लिएकी छन् । शुक्रबार उपसभामुखमा निर्वाचित उनलाई सभामुख डोलप्रसाद अर्यालले शपथ खुवाएका हुन् । शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह समेत उपस्थित थिए। शुक्रबार भएको मतदानमा उनको पक्षमा २२९ मत पर्‍यो । विपक्षमा पाँच मत पर्‍यो । मत दिन्न भन्नेमा २२ मत पर्‍यो ।रास्वपा, कांग्रेस, नेकपा र श्रम संस्कृति पार्टीले पक्षमा मतदान गरे । एमाले तटस्थ रह्यो । राप्रपाले विपक्षमा मतदान गर्‍यो । त्यसअघि राप्रपाकी सांसद सरस्वती लामालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । लामाको पक्षमा ५ मत पर्‍यो । उनको विपक्षमा २१५ मत पर्‍यो । मत दिन्न भन्ने पक्षमा ३७ मत परेको थियो । पक्षमा राप्रपाका सांसदले मात्रै मत दिए । राप्रपा र श्रम संस्कृति र कांग्रेसका सांसदले विपक्षमा मतदान गरे । एमाले र नेकपाका सांसद भने तटस्थ बसेको थिए ।

 

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट