राष्ट्रपतिको सम्बोधन टेबुलगर्दै प्रधानमन्त्री वालेन्द्र शाह : भिडियो समाचार

SHARE:

पढ्न लाग्ने समय : ४५ सेकेन्ड

सम्माननीय राष्ट्रपतिद्वारा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरिएको सम्बोधनको प्रति प्रधानमन्त्री वालेन्द्र शाहले टेबुल गर्नु भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकलाई शुक्रबार गरेको सम्बोधनमा राष्ट्रपति पौडेलले नवनिर्वाचित सांसदहरूलाई बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो ।  सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले विषम र संवेदनशील अवस्थामा सबैले देखाएको सहयोग र संयमताप्रति आभार व्यक्त गर्नु भयो । उहाले यस पटकको संसद्‌मा युवा पुस्ताको उल्लेख्य सहभागिता रहेको र सरकारले पनि युवा पुस्ताको प्रतिनिधित्वलाई जोड दिने विश्वास आफूलाई रहेको बताउनु भयो । उहाले पटक पटक भएका जनआन्दोलन र भ्रष्टाचार जस्ता चुनौतीहरूको स्मरण गर्दै नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माणमा संसद्को भूमिका महत्त्वपूर्ण हुने कुरामा जोड दिनु भयो । उहाले न्यायपालिकाबाट छिटो छरितो र स्वतन्त्र न्याय सम्पादन भएमा मात्र आन्दोलनका क्रममा शहीद भएकाहरूप्रति सच्चा न्याय हुने धारणा व्यक्तसमेत व्यक्त गर्नु भयो ।

यो ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट