पढ्न लाग्ने समय : ३० सेकेन्ड,
सम्माननीय सभामुख डोल प्रसाद अर्यालले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका विषयमा चासो देखाउनुभएको छ।ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र आयोजना प्रमुख अरुण रजौरियासँग छलफल गर्दै सभामुख अर्यालले आयोजनाको निर्माण कार्य निश्चित समयसीमा तोकेर अगाडि बढाउनुपर्ने बताउनुभएको हो ।आयोजनाले चाडै कामलाई गति दिन आवस्यक रहेको अर्यालको भनाई छ ।
बूढीगण्डकी जलविद्युत आयोजना १२ सय मेगावाट क्षमताको जलायशयुक्त आयोजना हो । राष्ट्रिय गौरवको यो आयोजना गोरखा र धादिङको सिमानामा पर्छ । आयोजनाको अनुमानित लागत ३ खर्ब ७४ अर्ब रुपैयाँबराबर छ ।


