प्रकाश सिग्देल
पढ्न लाग्ने समय : ५० सेकेन्ड,
हालै NASA ले नयाँ पृथ्वीका तस्बिरहरू सार्वजनिक गरेपछि विश्वभर ठूलो चर्चा सुरु भएको छ। यी तस्बिरहरू 2026 मा Artemis II मिशनका क्रममा खिचिएका हुन् । जुन करिब 54 वर्षअघि 1972 मा खिचिएको ऐतिहासिक “Blue Marble” फोटोसँग तुलना गरिएको छ। वैज्ञानिकहरूले “Earthset” नामको नयाँ फोटो सार्वजनिक गरेका छन्, ।

जसमा चन्द्रमाबाट पृथ्वी अस्ताउँदै गरेको देखिन्छ। यो फोटो 1968 को प्रसिद्ध “Earthrise” फोटोसँग तुलना गरिएको छ, जसले मानवलाई अन्तरिक्षबाट पृथ्वी हेर्ने दृष्टिकोण बदलिदिएको थियो।

नयाँ तस्बिरहरूमा पृथ्वी टाढाबाट सानो, निलो र नाजुक देखिएको छ। जसले वातावरणीय संरक्षणको सन्देश दिन्छ। 1972 मा Apollo 17 द्वारा खिचिएको “Blue Marble” फोटो पृथ्वी उज्यालो, निलो र धेरै स्पष्ट देखिएको छ । जुन फिल्म क्यामेराबाट खिचिएको फोटो हो । अहिलेको पृथ्वी 2026 Artemis II बाट खिचिएको नयाँ फोटोहरूमा पृथ्वी अलि “फिका” वा अँध्यारो देखिन्छ । डिजिटल क्यामेरा र फरक प्रकाश (रात/छायाँ) का कारण यस्तो देखिएको हुन पनि सक्छ । वैज्ञानिकहरूका अनुसार यो रंग फरक देखिनु जलवायु परिवर्तनका कारण होइन क्यामेरा र प्रकाशको कारण हो।

तस्बिरमा ठूलो परिवर्तन नदेखिए पनि वैज्ञानिक तथ्यहरू भने गम्भीर छन् । के पृथ्वी साँच्चै बदलिएको छ ?विश्व तापक्रम लगातार बढिरहेको छ, हिमनदी पग्लिने दर बढेको छ,समुद्री सतह उकालो लागिरहेको छ । यसका कारण पनि पृथ्वीको तस्विरमा मलिनता आएको हुन सक्ने अनुमान पनि धेरैको छ ।





