प्रकाश सिग्देल : Washington, D.C,
पढ्न लाग्ने समय : १ मिनेट १५ सेकेन्ड,
अमेरिकाको राजधानी Washington, D.C. मा प्रसिद्ध Cherry Blossom (सकुरा) फूल संग रमाउने उत्सव सुरु भएको छ । सामान्यतया फूलहरू मार्च अन्त्यदेखि अप्रिलको पहिलो हप्तासम्म peak bloom सबैभन्दा धेरै फुल्ने समय मानिन्छ ।
अहिले Washington, D.C. मा National Cherry Blossom Festival पनि धमाधम चलिरहेको छ।

मार्च 20 देखि अप्रिल 12 सम्म National Cherry Blossom Festival आयोजना भएको हो । त्यहा फुलेका सेता फूलहरूले शहरलाई आकर्षक बनाएका छन्, । जसले हजारौँ पर्यटकलाई आकर्षित गरिरहेको छ।
विशेषज्ञका अनुसार Cherry Blossom को peak bloom त्यस्तो समय हो जब करिब 70% फूलहरू पूर्ण रूपमा फुल्छन्, र यो अवस्था सामान्यतया केही दिन मात्र टिक्ने गर्दछ।

यस वर्ष चिसो मौसमका कारण फूल फुल्ने समय अलि ढिलो भएको भए पनि अहिले DC क्षेत्रमा वसन्त ऋतुको सुन्दर दृश्य देख्न सकिन्छ। यहा दौनिक हजारौ पर्यटक रमाईलो गर्न पुगेका छन् भने फोटो खिच्ने टिकटक बनाउने नेपालीहरुको पनि निकै भिड देखिन्छ । मेरिल्याडको बाल्टिमोरबाट साथीहरु संग घुम्न पुग्नुभएकी बन्दना पोख्रेलले निकै आनन्द र रमाईलो अनुभुती भएको बताउनु भयो ।
भिड धेरै बढेपछि पार्कीगं ब्यवस्थापनमा सहजताका लागी पर्यटकलाई सार्वजनिक यातायात प्रयोग गर्न सुझाव दिइएको छ।






