प्रकाश सिग्देल
पढ्न लाग्ने समय : १ मिनेट
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा सभामुख अर्यालले शपथ लिएका हुन् ।
त्यस अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीको उपस्थिति थियो ।
अर्याल आइतबार नै सभामुख पदमा निर्विरोध निर्वाचित भएका थिए । अर्यालबाहेकको उमेदवारी नपरेकाले सभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उनी निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।
गएको फागुन २१ गतेको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–९ बाट विजयी भएका अर्याल सभामुख बनेका हुन् । उनी ०७९ सालमा समानुपातिक सांसद बनेका थिए । त्यसपछि उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको भूमिका पनि निर्वाह गरेका थिए ।
सभामुख बन्नुअघि उनी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति थिए ।


