प्रकाश सिग्देल
पढ्ने समय : १ मिनेट ३० सेकेन्ड,
मेरिल्याड राज्य सांसद डिस्टिक ८ बाल्टिमोर काउन्ट्रिका प्रतिनिधि डा ह्यारी भण्डारीले यस पटक नेपाल एजुकेशन एण्ड कल्चर सेन्टर निमार्णका लागी मेरिल्याड राज्यबाट १ लाख ५० हजार डलर बिनियोजन गराउनु भएको छ । गत वर्ष पनि १ लाख ५० हजार डलर बिनियोजन भएकोमा गत वर्षको बजेट बाट धमाधम कल्चर सेन्टर निमार्णको काम भैरहेको डा भण्डारीले बताउनु भयो । House Appropriations Committee बाट बजेट पास भएर बजेट पुस्तिकामा प्रकाशन समेत भएको छ ।
यो वर्षको बजेटबाट बाकि कामलाई निरन्तरता दिने र थप बजेट पनि बिनियोजन गर्दै कल्चर सेन्टरलाई समग्र एसियनहरुले गौरव गर्ने धरोहरका रुपमा बिकास गरिने उहाको भनाई छ । अमेरिका मेरिल्याडमा रहेका एसियन मुलका मानिसहरुको सामाजिक तथा सास्कृतिक कार्यक्रमहरु गर्न सांस्कृतिक, भाषिक र आध्यात्मिक जागरण गर्न पनि उपयुक्त स्थानको अभाव भएका कारणले यस्ता सामाजिक भवनहरुको आवस्यक्ता रहेको डा भण्डारी बताउनु हुन्छ । नेपाल शिक्षा र सांस्कृतिक केन्द्र नेपाली अमेरिकी समुदायको लागि आधारशिला हुने उहाको दावी छ ।

नेपालको समृद्ध सांस्कृतिक, भाषिक र आध्यात्मिक सम्पदाको संरक्षण र प्रवर्द्धन गरेर व्यक्तिहरूलाई सशक्त बनाउन आफु निरन्तर लागिरहेको भण्डारीले बताउनु भयो । 11650 Snowden Farm Parkway Germantown, MD मा सेन्टर निमार्णको काम भईरहेको छ । बजेट बिनियोजन गराउनका लागी अन्य Delegate Lopez र Wims को सहयोग पनि रहेको Delegate भण्डारी बताउनु हुन्छ । त्यस्तै Asian American And Pacific Islander Community सेन्टरका लागी पनि १ लाख बिनियोजन गरेको डा भण्डारीले बताउनु भयो । नेपाली समाजका बिभिन्न् योजनाका लागी आफुले अहिले सम्म ९ लाख ५० हजार डलर बिनियोजन गराएको डा भण्डारी बताउनु हुन्छ ।

बिनियोजित रकम बाट कार्ययोजनामा समावेश भए बमोजिमाक काम तत्काल थालनि हुने उहाको भनाई छ । डा भण्डारीले नेपाली समुदाय र समग्र बाल्टिमोरको दिगो बिकासका लागी धेरै दिर्घकालिन योजनाहरु बनाएर काम समेत गर्नु भएको छ ।




