पढ्ने समय : ३५ सेकेन्ड,
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले इरानको तेल नियन्त्रणम लिन सक्ने र सम्भवत त्यहाको मुख्य ईन्धन केन्द्र खार्ग टापुलाई कब्जा गर्न सक्ने बताएका छन्।
साँच्चै भन्नुपर्दा मेरो मन पर्ने कुरा भनेको इरानबाट तेल लिनु हो । तर अमेरिकामा रहेका केही मूर्खहरू तपाईँ किन त्यसो गर्दै हुनुहुन्छ , भन्छन् तर तिनीहरू मूर्ख मानिसहरू हुन्,फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा उनले भने।
ट्रम्पका अनुसार उक्त कदमको अर्थ खार्ग टापुमा कब्जा गर्नु पनि हुन सक्छ। उनले भने, हामी खार्ग टापु नियन्त्रणमा लिन सक्छौँ, नलिन पनि सक्छौँ। हामीसँग धेरै विकल्पहरू छन्। यसको मतलब केही समयका लागि हामी त्यहाँ रहनुपर्ने स्थिति हुन पनि सक्छ।
खार्ग टापु इरानी तटबाट १५ नटिकल माइल ९२४ किलोमिटर को दूरीमा रहेको सानो चट्टानी क्षेत्र हो। आकारमा सानो भए पनि यो इरानको ऊर्जा पूर्वाधारको सबैभन्दा महत्त्वपूर्ण भागहरू मध्येको एक हो। इरानको तेल निर्यातको महत्त्वपूर्ण केन्द्रका रूपमा रहेको उक्त टापुलाई तेहरानको अर्थव्यवस्थाको जीवनरेखा मानिन्छ।


