प्रकाश सिग्देल- वाल्टिमोर-
पढ्न लाग्ने समय : १ मिनेट,
प्रखर कथा वाचिका देवी प्रतिभाले अमेरिकाको मेरिल्याण्ड राज्य बाल्टिमोरमा श्रीमद्भागवत कथा वाचन गर्नु हुने भएको छ । मेरिल्याण्डमा नेपालीहरुको सामाजिक संस्था BANA (Baltimore Association of Nepalese in America)को पहलमा हुन लागेको कार्यक्रममा उहाले कथा बाचन गर्नु हुने छ ।
बाल्टिमोरमा आगामी जुन १३ र १४ तारिख दुई दिनको विशेष कार्यक्रम हुने बताईएको छ । आयोजक समितिका सदस्य जनक पौडेलका अनुसार बानाको पहलमा कार्याक्रम हुन लागेको हुन लागेको हो । यस कार्यक्रममा संकलन हुने रकमबाट बाल्टिमोरमा हिन्दु र बौद्ध परम्परा अनुसार शवदाह गृह, किरिया स्थल स्थापना गर्न प्रयोग गरिने बानाका अध्यक्ष जितेन गुरुङले बताउनुभएको छ। DMV क्षेत्रमा यस प्रकारको क्रियापुत्री भवन तथा दाहसंस्कार स्थल निर्माण गर्ने यो पहिलो सामुदायिक पहल मानिन्छ।
Well Done Creation को संयोजनमा देवी प्रतिभा जी हाल अमेरिकाका विभिन्न सहरहरूमा श्रीमद्भागवत कथा वाचन गर्दै आउनु भएको छ जसले नेपाली तथा हिन्दु समुदायमा आध्यात्मिक चेतना र सामाजिक एकताको सन्देश फैलाइरहेको छ।
कार्यक्रम तालिका:
जुन १३ (पहिलो दिन)
• बिहान ८:३० देखि ११:३० सम्म – हिन्दु बुद्ध मन्दिरबाट कलश यात्रा
• दिउँसो १:३० देखि राति ८:०० सम्म – कथा, भजन तथा कीर्तन
जुन १४ (दोस्रो दिन)
• बिहान ९:३० देखि १२:३० सम्म – कथा, भजन तथा कीर्तन
• दिउँसो २:०० देखि राति ८:०० सम्म – कथा, भजन तथा कीर्तन
कार्यक्रम स्थल: The Royal Palace
1700 Van Bibber Rd,
Edgewood, MD 21040
सम्पर्क व्यक्ति:
जनक पौडेल – (443) 851-4244
सलिन बस्नेत – (443) 473-3775



