जेनजी विद्रोहपछि पहिलो पटक अन्तरक्रिया गर्दै ओली

SHARE:

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा गत भदौं २४ मा राजीनामा दिएर सेनाको हेलिकप्टर प्रयोग गरेर भागेका निर्वतमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले आज पत्रकारहरुसँग सवालजवाफ गर्ने भएका छन् ।

आफैंले नयाँ सरकार गठनका लागि सुशीला कार्कीको नाममा कामचलाउ सरकारको प्रधानमन्त्रीको हैसियतामा सिफारिस गरेका एमाले अध्यक्ष ओलीले अहिले संसद पूर्नस्थापनाको माग गर्न थालेका मात्र छैनन, फागुन २१ मा घोषणा भएको चुनावमा समेत भाग नलिने अघोषित नीति बनाएका छन् ।

पार्टीभित्रै नयाँ नेतृत्वको लागि बाटो खोलिदिनुपर्ने माग बढिरहँदा ओलीले फेसबुकबाट आफनो राजीनामा माग्दैमा राजीनामा नदिने, महाधिवेशनबाट आफुलाई चुनौति दिन चेतावनी दिएर पार्टीको मंसिर २७ देखि २९ सम्म पोखरामा महाधिवेशन गर्ने गरी मिति तोकेका छन् ।

महाधिवेशनबाट फेरि आफैं नेतृत्वमा आउने गरी उनले विषयलाई विषयान्तर गर्न सफल ओलीले आज जेनजी विद्रोहपछि पहिलो पटक पत्रकारहरुसँग सवालजवाफ गर्न लागेका हुन् । उनले सम्पादकहरुलाई उक्त कार्यक्रममा निम्ताएका छन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट