काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बौद्धिक समुदायका अगुवाहरू समक्ष सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह गरेका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा बौद्धिक समुदायका ११ जना अगुवाहरूलाई शनिबार छलफलका लागि बोलाएर उनले सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह गरेका हुन् ।
छलफलमा सहभागीहरूका अनुसार राष्ट्रपतिले दलहरूलाई आगामी २१ फागुनका लागि निर्धारण भएको निर्वाचनमा जानका लागि र सरकारलाई समयमै निर्वाचन गर्न तथा जनता र जेनजी पुस्ताको भवनाअनुसार सरकार सञ्चालन गर्न खबरदारी गरिदिन आग्रह गरेका छन् ।


