तोलामा ७ हजार १ सयले बढ्यो सुनको मूल्य

SHARE:

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा सात हजार एक सय रुपैयाँले बढेर दुई लाख ५८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुनको मूल्य तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर ३ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट