काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव गणेश साहले पार्टी त्यागेको घोषणा गरेका छन् ।
पूर्वमन्त्री समेत रहेका साहले पार्टी एकताको सन्देश नेतृत्वले कहिल्यै दिन नसकेको भन्दै अब प्रचण्डको पार्टी छाडेको बताएका छन् ।
साहले अब आफू कुनै राजनीतिक दलमा नलाग्ने घोषणा समेत गरे । उनले अब आफ्नो विज्ञता र क्षमता देशको लागि आवश्यक परे योगदान गर्न तयार रहेको बताएका छन् ।


