काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।
राष्ट्रिय सभाका अध्यक्ष नारायाण दाहाल विश्वभरका सांसदहरुको महासभा अन्तर व्यवस्थापिका संघ आईपीयूको १५१ औं सम्मेलनमा नेपालको तर्फबाट हुँदैछन् । यो विषयमा जानकारी गराउन दाहाल सितलनिवास पुगेका हुन् ।
सम्मेलनमा भाग लिन दाहाल यही ३१ असोजमा जेनेभा प्रस्थान गर्दैछन् । दाहाल नेतृत्वको टोलीमा राष्ट्रिय सभा सदस्य र कर्मचारी गरेर थप पाँच जना हुनेछन् ।


