काठमाडौँ। नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठक सरेको छ ।
सोमबार दिउँसो ३ बजेका लागि डाकिएको बैठक भोलि बिहान ११ बजे बस्ने गरी सरेको हो ।
गत बुधबार र बिहीबार शीर्ष नेताहरूको बैठक बोलाइएको थियो भने त्यसयता लगातार कार्यसम्पादन समितिको बैठक बसिरहेको थियो । केन्द्रीय समितिमा पेस गर्ने साझा एजेन्डामा सहमति जुट्न नसक्दा बैठकको समय सारिएको छ ।


