चितवनमा सयपत्री फूलको व्यवसायिक उत्पादन

SHARE:

चितवन । तिहार नजिकिँदै गर्दा सयपत्री फूलको माग बढ्न थालेको छ । बिस्तारै माग बढ्दै जाँदा व्यावसायिक रूपमा फूल खेती गर्ने किसानहरूमा उत्साह थपिँदै गएको छ । गोरखाबाट चितवन आएर विगत पाँच वर्षदेखि सयपत्री फूल खेती गर्दै आएका बुधबहादुर गुरुङ अहिले यो पेसाबाट सन्तुष्ट छन् ।

भरतपुर महानगरपालिका-८ गौरीगञ्जमा विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा यो सयपत्री उत्पादन र बजारीकरण गर्दै आएका छन् । उनले भने “मैले पुष्प व्यवसाय गरेको १० वर्ष भयो । अहिले सयपत्री खेती गरेको पाँच वर्ष भयो । राम्रो आम्दानी दिने गरेको छु ।” गौरीगञ्जमा १८ कठ्ठा र वरपर गरी एक बिघा भन्दा बढी क्षेत्रफलमा उनले सयपत्री फूल खेती गरेका छन् । सुरुवाती वर्षमा राम्रो आम्दानी लिन नसके पनि अहिले सयपत्री फूलबाट आफू सन्तुष्ट रहेको उनले बताए ।

जग्गा भाडामा लिएर व्यावसायिक रूपमा फूल खेती गर्दा सयपत्रीबाट मात्रै मनग्य आम्दानी हुने उनको भनाइ छ । उनले भने “हरेक सिजनमा रु चार देखि पाँच लाख सम्मको आम्दानी सयपत्री फूल बेचेर गरेको छु ।” यो मौसम फूलको राम्रो व्यापार हुने सिजन हो । अन्य समयमा यही बारीमा तिल, मकै जस्ता खेती गर्दै आएको उनले सुनाए । यही व्यवसायबाट परिवार चलाउने गरेको उनले बताए । पुर्खादेखि फूल खेती गर्दै आएकाले आफूले पनि भरतपुर महानगरपालिका-७ कृष्णपुरमा नर्सरी सञ्चालन गरेर काम गर्दै आएको सुनाउँदै उनले अहिले परिवारका सदस्यबाटै काम गर्दै आएको बताए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट