यी हुन् हमासले आज रिहा गर्ने भनिएका बन्धकहरू

SHARE:

काठमाडौँ । हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ। प्यालेस्टिनी समाचार संस्था शेहाबका अनुसार, सार्वजनिक सूचीमा नेपालका नागरिक विपिन जोशीको नाम समावेश छैन।

बीबीसी का अनुसार, हमासले सार्वजनिक गरेको सूचीमा रहेका बन्धकहरूका नामहरू यसप्रकार छन्- बार कुपरस्टाइन, एव्यातार डेविड, योसेफ (चाइम) ओहाना, सेगेभ काल्फन, अविनातान ओर, एल्काना बोहबोट, म्याक्सिम हेरकिन, निमरोड कोहेन, माटान झाङाउकर, डेभिड कुनीओ, एइतान होर्न, माटान एन्ग्रेस्ट, एइतान मोर, गाली बर्मन, जिभ बर्मन, ओम्री मिरान, अलोन ओहेल, गाइ गिल्बोआ(डलाल), रोम ब्रास्लाब्स्की र एरिएल कोनियो।

हमासले रिहा गर्न लागेका बन्धकहरूलाई अन्तर्राष्ट्रिय रेडक्रसको रोहवरमा इजरायली सेनालाई जिम्मा लगाइने बताइएको छ। बन्धकहरूको रिहाइ प्रक्रिया अघि बढेसँगै गाजा स्ट्रिपमा अहिले अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिहरू पुगेका छन्।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट