त्रिभुवन विमानस्थलबाट ‘ओभरसुट’ गरेको थाई लायनको जहाज लखनऊ डाइभर्ट

SHARE:

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेको थाई लायन एयरको जहाज भारत लखनऊ ‘डाइभर्ट’ भएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार काठमाडौँमा ‘मिस एप्रोच’ का कारण जहाज अवतरण गर्न सकेको छैन । ‘टीएलएम २२०’ उडान नम्बरको यो जहाज थाइल्यान्डको बैंककबाट काठमाडौँ आइरहेको थियो ।

सामान्यतया अवतरणका बेला आवश्यक शतप्रतिशत तयारी नपुगी जहाज धावनमार्गतर्फ आएको पत्ता लागे पाइलटले ओभरसुट गरी जहाजलाई सुरक्षित अवतरण गराउँछन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट