काठमाडौं । जेन जी आन्दोलनपछि घरभित्रै चुटिएका कांग्रेस सभापति शेरवहादुर देउवाले आज पार्टीका महामन्त्रीद्दय विश्वप्रकाश शर्मा र गगन थापासँग भेटघाट गर्दैछन् । २४ भदौंमा आफ्नै निवास बुढानिलकन्ठमा बसिरहेका बेला आगजानीका लागि आएका जेनजी आन्दोलनकारीहरुले देउवा दम्पत्तीमाथी पनि सांघातिक आक्रमण गरेका थिए ।
त्यसपछि सुरक्षित रुपमा उपचार गर्दै आराम गरिरहेका देउवाले असोज २६ मा कांग्रेसको केन्द्रीय समिति बैठक बोलाएका छन् । त्यस अगाडी उनले आज पार्टीका दुई महामन्त्री थापा र शर्मालाई विश्वासमा लिन र आफनो सम्मानजनक बर्हिगमनका बाटोका बारेमा छलफल गर्न भेटघाट गर्न लागेको देउवा निकट नेताहरुको भनाई छ ।
महामन्त्री थापा र शर्माले जेन जी विद्रोहपछि पार्टी सभापतिलाई तत्काल पद छोड्ने, नछोडे विशेष महाधिवेशन भएपनि बोलाउन माग गदै जिल्ला जिल्लामा महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर अभियान चलाईरहेका छन् ।


