विश्व बैंकको अनुमान : यो वर्ष नेपालको आर्थिक वृद्धि मात्र २.१ प्रतिशत

SHARE:

काठमाडौ । विश्व बैंकले चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्र सुस्त रहने अनुमान गरेको छ। मंगलबार सार्वजनिक गरिएको साउथ एशिया डेभलपमेन्ट रिपोर्ट अनुसार, यस वर्ष नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित रहनेछ भने आगामी वर्ष (२०८३/८४) मा वृद्धि दर ४.७ प्रतिशत पुग्ने अनुमान गरिएको छ।

प्रतिवेदनले पछिल्ला राजनीतिक अस्थिरता, सामाजिक आन्दोलन र लगानीमैत्री वातावरण नबन्नुजस्ता कारणले अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको उल्लेख गरेको छ। हालैको ‘जेनजी आन्दोलन’ र त्यसबाट उत्पन्न असरलाई समेत मूल्यांकनमा समेटिएको विश्व बैंकले जनाएको छ।

अघिल्लो प्रक्षेपणमा विश्व बैंकले नेपालले ५.२ प्रतिशत वृद्धिदर हासिल गर्ने अनुमान गरेको थियो। तर पछिल्ला परिस्थिति र शासन प्रणालीप्रति देखिएको असन्तुष्टि, बेरोजगारी र अवसर अभावका कारण यो अनुमान घटाइएको प्रतिवेदनमा उल्लेख छ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट