अन्तर्राष्ट्रिय टी–२० शृङ्खला : नेपाल र मलेसिया भिड्दै

SHARE:

काठमाडौं । अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको फाइनल खेलमा नेपाल र मलेसिया आज आमनेसामने हुँदैछन्।

बुधबार मलेसियाको बायुमास ओभल मैदानमा हुने फाइनलमा नेपाली महिला टोलीले घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्न लागेको हो।

पाँच खेलको सिरिजमा दुवै टोलीले दुई–दुई खेल जितेका छन्। सिरिजको पहिलो खेलमा नेपाल ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटले शानदार जित निकाल्दै बराबरी गरेको थियो।

तेस्रो खेलमा नेपाल १३ रनले पराजित भए पनि चौथो खेलमा पुनः ६ विकेटले विजयी हुँदै निर्णायक फाइनलमा पुगेको हो। नेपाल र मलेसियाबीचको फाइनल भिडन्त बिहान ७ः४५ बजे सुरु हुनेछ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट