विश्वप्रकाशको प्रश्न- विधानअनुसार हस्ताक्षर संकलन गर्दा पार्टी कसरी कमजोर हुन्छ ?

SHARE:

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई हटाउन पार्टीभित्र जारी हस्ताक्षर अभियानबारे आफ्नो दृष्टिकोण ७ बुँदे धारणा सार्वजनिक गरेका छन्।

महामन्त्री गगन थापा र इतर पक्षका नेता डा. शेखर कोइराला पक्षले विशेष महाधिवेशन माग्दै जारी राखेको हस्ताक्षर अभियानबारे महामन्त्री शर्माले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

उनले कुनै महाधिवेशन प्रतिनिधिलाई हस्ताक्षर गर्न नभनेपछि आफूलाई फोन म्यासेज गरेर सोध्नेलाई हस्ताक्षर गर्न भनेको बताएका छन्।

संस्थापन पक्षले भने विशेष महाधिवेशनले पार्टीलाई कमजोर बनाउने भन्दै हस्ताक्षर अभियान रोक्नुपर्ने बताउँदै आएका छन्। त्यसबारे उनले भनेका छन्, ‘यो पार्टीको विधान विपरीत होइन। पार्टीको विधानमै भएको व्यवस्था प्रयोग गर्दा पार्टीलाई कमजोर होइन, बलियो बनाउँछ।’

केन्द्रीय समिति बैठकपछि हस्ताक्षर गर्नु भनेको ‘लगन पछिको पोतेजस्तै‘ हुने भएकाले ढिला गर्न नहुने उनको तर्क छ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट