उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने

SHARE:

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले विचार र सिद्धान्त मिल्ने दलहरूसँग एकता गर्ने भएको छ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले समान विचार, सिद्धान्त र मुद्दा मिल्ने राजनीतिक दलहरूसँग पार्टी एकता गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

विचार, सिद्धान्त नमिल्ने तर राजनीतिक मुद्दाहरू मिल्ने राजनीतिक दलहरूसँग संयुक्त मोर्चा, कार्यगत एकता वा सहकार्य गरेर अघि बढ्ने पार्टीको नीति रहेको बताए।

पार्टीले नीति, कार्यक्रम, विचार, सिद्धान्त र संगठनमा युवा पुस्तालाई आबद्धता गर्ने भएको पनि उनले बताए। पार्टीले विशेष कार्यक्रम र कार्यनीति तय गर्दै युवा पुस्तालाई आबद्ध गर्ने कार्यलाई कार्यान्वयन गर्न मातहत पार्टी समितिलाई परिपत्र समेत जारी गरेको छ।

परिपत्रमा भनेको छ, ‘जेनजी पुस्ताले आन्दोलनका दौरान उठाएका माग र मुद्दाहरू जसपा नेपालले पहिलादेखि नै उठाउँदै आएको धेरैजसो माग र मुद्दासँग मिल्दोजुल्दो नै छ । युवा पुस्ताहरूसँग सहकार्य गर्दै, उनीहरूलाई प्रोत्साहन र समावेशीकरण गर्दै अगाडि बढ्ने पार्टीको नीति रहेको छ ।’

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट