माओवादी सचिवालय बैठक आज बस्दै

SHARE:

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिको सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने सचिवालय सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।

जेन जी पुस्ताको आन्दोलनपछि विकसित घटनाक्रमपछि नेकपा (माओवादी केन्द्र)ले पार्टीको विशेष महाधिवेशन गर्ने गरी केन्द्रीय समिति देखि सबै तहका कमिटि भंग गर्नै निर्णय गरेको थियो । असोज ९ र १० गते काठमाडौंमा सम्पन्न बैठकले पार्टीका सबै कमिटि भंग गदै विशेष महाधिवेशन मंसिर अन्मि साता गर्ने निर्णय गरेपनि मिति भने तोकेको थिएन । पार्टीको पदाधिकारीलाई महाधिवेशन आयोजक समितिको सचिवालयमा रुपान्तरण गदै सचिवालयमार्फत मिति तोकिने गरी केन्द्रीय समिति बैठक सम्पन्न भएको थियो ।

आज बस्ने सचिवालयले महाधिवेशनको मिति, महाधिवेशन प्रतिनिधिको छनौट लगायतका विषयमा छलफल गरेर एउटा टुंगो लगाउने सम्भाबना रहेको र त्यही अनुसारको एजेण्डामा छलफल गर्न बैठक बोलाइएको गजुरेलले भने ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट