पार्टी महाधिवेशन फेस गर्छु, कार्यकर्तासमक्ष पनि परिक्षा दिन्छु: केपी ओली

SHARE:

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले आगामी पार्टी महाधिवेशनमा पनि आफैं अध्यक्ष लड्ने खुलेर बताउन थालेका छन् । जेनजी आन्दोलनका क्रममा भदौ २३ मा भएको नरसंहारको जिम्मेवार केपी ओली हुनुपर्ने र उनले तत्काल पार्टीको नेतृत्व समेत छोड्नुपर्ने आवाज एमालेभित्रै उठिरहेका बेला ओलीले भने अवको चुनावमा एमालेले आफ्नै नेतृत्वमा लड्ने र पार्टीको आगामी महाधिवेशनमा पनि आफैं अध्यक्ष बन्ने बताउन थालेका छन् ।

जेनजी आन्दोलनमा दर्जनौ संख्याका कलिला विद्यार्थी मारिँदासम्म सरकार नछोड्न ओलीले अडडी लिएकाकारण अन्ततः उनी प्रधानमन्त्रीबाट राजीनामा दिएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट हेलिकप्टरमा भाग्नु परेको थियो ।

त्यसपछि १० दिन नेपाली सेनाको सुरक्षा घेराभित्र बसेर भक्तपुरको गुन्डुमा डेरा सरेका ओलीले अहिले पार्टीका सचिवालयमा रहेका नेताहरुलाई एक्लाएक्लै बोलाएर चुनाव आफ्नै नेतृत्वमा फेस गर्ने र पार्टीको महाधिवेशनमा पनि आफैले अध्यक्षमा फेरि चुनिन प्रतिस्पर्धा गर्ने बताएका हुन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट