अवरुद्ध मुग्लिन–नारायणगढ सडकको पहिरो हटाउन सुरु

SHARE:

चितवन । शुक्रबार साँझदेखि अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण् अझै सञ्चालनमा आउन सकेको छैन । तुईन खोला पुल नजिक झरेको पहिरो अझै नरोकिएकाले पहिरो हटाउन सकस भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

आइतबार बिहानैदेखि पहिरो हटाउन थालिएको छ । कार्यालयका अनुसार शुक्रबार साँझ करिब ६:३० बजेबाट निरन्तर पहिरो खसिरहेको छ। पहिरो खस्न नरोकिएपछि शनिबार साँझपछि रोकिएको पहिरो हटाउने कार्य आज बिहानबाट सुरु भएको हो ।

यात्रुहरूलाई सुरक्षित स्थानमा बस्न र सडकमा अड्किएका सवारीसाधनलाई लेन अनुशासनमा राख्न कार्यालयले अनुरोध गरेको छ । सकभर वैकल्पिक सडकको प्रयोग गर्न पनि कार्यालयले आग्रह गरेको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट