इजरायललाई ६ अर्ब डलरको हतियार बेच्ने ट्रम्प प्रशासनको प्रस्ताव

SHARE:

काठमाडौं । ट्रम्प प्रशासनले इजरायललाई करिब ६ अर्ब डलरका हतियार बेच्ने योजना बनाएको जानकारी कंग्रेसलाई दिएको छ ।

समाचार संस्था एपीका अनुसार, ट्रम्प प्रशासनको यो कदमलाई गाजा नरसंहारकारी युद्धका कारण बढ्दो एक्लोपनको सामना गरिरहेको बेला इजरायललाई अमेरिकाले दिएको नयाँ समर्थनका रूपमा हेरिएको छ।

यसमा ३० वटा एएच-६४ अपाचे हेलिकप्टरका लागि ३.८ अर्ब डलरको मूल्य तोकिएको छ । यी हतियार थप्दा इजरायलको हालको भण्डारलाई लगभग दोब्बर बनाउनेछ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट