काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् विघटन नगरी यसैभित्रबाट समाधान खोज्न सकिएको भए राम्रो हुने बताएका छन् ।
संसद् विघटनको घटनालाई कसरी हेर्नुभएको छ भन्ने पत्रकारहरूको जिज्ञासमा सभामुख घिमिरेले यस्तो बताएका हुन् ।
जेनजी आन्दोलनका क्रममा जलेको संसद् भवन अनुगमन गर्न पुगेका सभामुख घिमिरेले भने, ‘जे घटनाहरू देशमा घट्यो, हामीले जे व्यहोरिरहेका छौं, यो ज्यादै दुखद् कुराहरू हो । यसबाट उठेर ठिक ढंगबाट अगाडि जानु सबैको दायित्व छ ।’