कतारमा इजरायली हवाई आक्रमण

SHARE:

दोहा । कतारको राजधानी दोहामा इजरायलले गरेको हवाई आक्रमणमा हमासका कम्तीमा पाँच सदस्य मारिएका छन्। तर हमासले आफ्नो वार्ता टोलीलाई लक्षित गरिएको हत्या प्रयास भने असफल भएको दाबी गरेको छ।

हमासका अनुसार अमेरिकी प्रस्तावमा आधारित गाजामा युद्धविरामबारे छलफल चलिरहेको बेला दोहाको एक आवासीय कम्पाउन्डमा आक्रमण भएको हो। विस्फोटका कारण भवन क्षतिग्रस्त भएको जनाइएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सो आक्रमणलाई ‘पूर्णतया न्यायोचित’ भन्दै यसले २०२३ अक्टोबर ७ मा भएको इजरायलमाथिको आक्रमण आयोजना गर्ने हमास नेताहरूलाई लक्षित गरेको बताए।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट