बेइजिङ । चीनको धितोपत्र बजारका लागि सर्वोच्च नियामक निकायका पूर्व प्रमुखमाथि अनुसन्धान भइरहेको भ्रष्टाचार विरोधी अधिकारीहरूले शनिबार बताएका छन् ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनको बजारमा महिनौंसम्म चलेको उथलपुथलपछि गत वर्षको सुरुमा हुइमानलाई अचानक चिनियाँ सुरक्षा नियमन आयोग (सिएसआरसी) को अध्यक्ष पदबाट हटाइएको थियो ।
देशका दुई शीर्ष भ्रष्टाचार विरोधी निकायले शनिबार एक अनलाइन वक्तव्यमा यीले ‘अनुशासन र कानूनको गम्भीर उल्लङ्घन गरेको आशङ्का गरिएको’ घोषणा गरेको छ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले एक दशकअघि सत्तामा आएदेखि नै भ्रष्टाचारविरुद्ध निरन्तर कारबाही गर्दै आएका छन् ।समर्थकहरूले सरकारको नीतिले स्वच्छ शासनलाई बढावा दिने बताए पनि राष्ट्रपति सीका आलोचकहरूले यसलाई चिनियाँ राजनीतिक प्रतिद्वन्द्वीलाई अघि बढ्नबाट रोक्ने वर्तमान नेतृत्वको चलाखीपनको रूपमा उल्लेख गरेका छन् ।
यो अभियानले देशको विशाल बैंकिङ तथा वित्तीय क्षेत्रलाई विशेष गरी प्रभावित पारेको छ ।इन्डस्ट्रियल एण्ड कमर्सियल बैंक अफ चाइनाका पूर्व अध्यक्ष यीलाई सन् २०१९ को जनवरीमा सिएसआरसीको उच्च पदमा नियुक्त गरिएको थियो ।
उनले लिउ शियुको उत्तराधिकारीका रूपमा जिम्मेवारी सम्हालेका थिए। लिउमाथि पनि यस्तै अनुशासन उल्लङ्घनको अनुसन्धानका लागि बर्खास्त गरी पदच्युत गरिएको थियो ।


