एएफसी यु–२३ एसियन कप छनोट : ताजकिस्तानसँग नेपाल पराजित

SHARE:

काठमाडौं । २३ वर्षमुनिको एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ । गएराति ताजकिस्तानको दुसान्बेस्थित पामिर रङ्गशालामा भएको समूह ‘के’ को पहिलो खेलमा नेपाल ताजकिस्तानसँग ४–० गोलले पराजित भएको हो ।

ताजकिस्तानका लागि अजिजबोएभ मुहम्मादालीले दुई तथा रहमात्सोह रमात्जोदा र देलर सारिपोभले एक–एक गोल गरेका थिए । नेपालले अब शनिबार सिरियासँग खेल्ने छ । खेल नेपाली समयअनुसार बेलुका पौने ७ बजे सुरु हुनेछ । सिरियाले बुधबार भएको खेलमा फिलिपिन्सलाई २–१ गोलले हराएको छ ।

समूह ‘के’ मा नेपालसहित, ताजकिस्तान, सिरिया र फिलिपिन्स रहेका छन् । प्रत्येक समूह विजेता अन्तिम चरणमा छनोट हुनेछन् । साथै उत्कृष्ट ४ उप विजेताले पनि एसियन कप खेल्न पाउने छन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट