काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बिहान ११:३० बजे पेरिसडाँस्थित पार्टी कार्यालयमा बस्दैछ।
बैठकमा जागरण अभियानको तयारी, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को नयाँ नेतृत्व चयन, पार्टी एकता तथा अन्य समसामयिक विषयमा छलफल हुने पार्टीका उपमहासचिव मातृका यादवले जानकारी दिएका छन्।


