डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु

SHARE:

धनगढी । डडेल्धुरामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका-५ स्थित उकल्ली काणे भन्ने स्थानमा चामाबाट डडेल्धुरातर्फ गइरहेको से १ ज ७३८ नम्बरको जिप दुर्घटना भएको हाे।

बिहीबार बिहान ८ बजेतिर  भएको दुर्घटनामा परेर ४ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । घाइतेहरूलाई डडेल्धुरा अस्पतालमा उपचारका लागि पठाइएको छ। मृतक र  घाइतेहरूको परिचय खुलेको छैन।

जिप सडकबाट करिब ४ सय मिटर तल खसेको र चालकसहित १० जना सवार रहेको प्रहरीले जनाएको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट