इजरायलद्वारा यमनको राजधानीमा हवाई हमला

SHARE:

एजेन्सी । इजरायली सेनाले हुथी विद्रोहीहरूले गरेको मिसाइल र ड्रोन आक्रमणको जवाफमा यमनस्थित हुथीका धेरैवटा अड्डामा हवाई आक्रमण गरेको बताएको छ।

इजरायली रक्षा बलले सामाजिक सञ्जाल एक्समार्फत बताएअनुसार उसले यमनको राजधानी सानामा हमला गरेको हो। इजरायली सेनाले भनेको छ, हुथी विद्रोहीहरूले प्रयोग गरिरहेका सानाका अड्डालाई निसाना बनाइएको हो।

ती अड्डामा राष्ट्रपति भवन रहेको सैन्य क्षेत्र, धेरै पावर प्लान्ट र इन्धन भण्डारण छन्। इजरायली सेनाले इरान समर्थित हुथी विद्रोहीहरूले आफ्ना ‘आतंकवादी’ गतिविधिका लागि नागरिक संरचना प्रयोग गरिरहेको दाबी गरेको छ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट