सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

SHARE:

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य १६०० रुपैयाँ घटेको हो ।महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सोही सुनको मूल्य तोलामा १ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको थियो ।

यसैबीच चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा २ हजार ३०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा २ हजार २२५ रुपैयाँ कायम भएको हो ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट