न्यू क्यापिटल कलेजद्वारा स्रस्टा खनाल सम्मानित

SHARE:

रत्ननगर, ७ साउन ।
रत्ननगर नगरपालिका – ४ स्थित न्यू क्यापिटल कलेजले २५ औँ वार्षिकोत्सव तथा रजत महोत्सवका अवसरमा कवि, कथाकार विश्वनाथ खनाललाई सम्मान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर प्रह्लाद सापकोटा र कलेजका प्रमुख भुपेन्द्र धिताललगायतले स्रस्टा खनाललाई २५ हजार १ रुपैयाँसहित सम्मान गर्नुभएको हो ।

स्रस्टा सम्मानको यो कार्यक्रम कलेजले तीन वर्ष अगाडि नै सुरु गरेको हो । रत्ननगरका अग्रज स्रस्टा रामबाबु घिमिरे र कालिकाका अग्रज स्रस्टा गणेश शर्मा पौडेल चन्दन यो पुरस्कारबाट सम्मानित भैसकेका छन् । स्थानीय स्रस्टालाई प्रोत्साहन एवम् हौसला प्रदानका लागि सम्मान गरिएको प्रिन्सिपल धितालले बताउनु भयो ।

रजत महोत्सव अन्तर्गत रजत स्तम्भ निर्माण, स्मारिका प्रकाशन, अन्तरविद्यालय चित्रकला प्रतियोगिता, हाजिरजवाफ प्रतियोगिता, स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, च्यारिटी सो, वक्तृत्वकला प्रतियोगिता, विज्ञान प्रदर्शनी, फुड फेस्टिवल जस्ता कार्यक्रम तय गरिएको धितालले जानकारी दिनुभयो ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट