भरतपुरमा विश्वकै अग्रणी ई–स्कुटर ब्रान्ड ‘याडिया’ सोरूम उद्घाटन

SHARE:

चितवन, ५ साउन ।
नेपालमा विद्युतीय दुईपाङ्ग्रे सवारीको बजार तीव्र बन्दै गएको समयमा विश्वकै सबैभन्दा ठूलो ई-स्कुटर ब्रान्ड मानिने YADEA (याडिया) ले भरतपुर–१२, केन्द्रीय बसपार्क नजिक नयाँ सोरूम सञ्चालनमा ल्याएको छ । नेपालका लागि आधिकारिक वितरक( KUZU Nepal Pvt. Ltd.)को वितरण सञ्जालमार्फत स्थानीय अधिकृत डिलर आयाम मोटर्सले सोरूमको विधिवत् उद्घाटन गरेको हो । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, व्यवसायी, सरोकारवाला तथा ई–मोबिलिटीप्रेमीहरूको उपस्थिति रहेको थियो ।

सोरूम सुरु भएपछि शुरुवाती चरणमै ५ मोडल भेरियन्टका याडिया इलेक्ट्रिक स्कुटरहरू प्रदर्शन तथा बिक्रीमा उपलब्ध गरिएको छ । विस्तृत प्राविधिक विवरण सार्वजनिक हुँदै गरेको भए पनि डिलर पक्षका अनुसार प्रमुख आकर्षणमध्ये एक पूर्ण चार्जपछि करिब १५० किलोलामिटरसम्म चल्ने रेन्ज हो । यसको मोडल र प्रयोग अवस्थाअनुसार केही भिन्न हुन सक्ने पनि आयोजकको भनाइ छ । आकर्षक डिजाइन, कम सञ्चालन लागत र टिकाउ संरचना याडियाका प्रतिस्पर्धी विशेषता भएको व्यवस्थापनको दाबी छ ।

स्थानीय सोरूमका प्रबन्धक होमनाथ पौडेलले ग्राहक अनुभव केन्द्रित सेवा आफूहरूको प्राथमिकता भएको बताए । `हामीले नियमित टेस्ट–ड्राइभ सुविधा उपलब्ध गराएका छौँ । इच्छुक ग्राहकले अग्रिम दर्ता गरेर वा प्रत्यक्ष सोरूममा आएर स्कुटर चलाएर अनुभव गर्न सक्नुहुन्छ,” उनले भने । पौडेलका अनुसार बिक्रीसँगै चार्जिङ, सेवा मर्मत तथा स्पेयर पार्ट्स उपलब्धतामा ध्यान दिइनेछ ।

नेपालमा पेट्रोलको बढ्दो मूल्य, शहर क्षेत्रमा सवारी घनत्व र पर्यावरणमैत्री विकल्पप्रतिको चासोले विद्युतीय दुईपाङ्ग्रे सवारीको माग तीव्र रूपमा बढेको छ । उद्योग व्यवसायीहरूका अनुसार चार्जिङ सजिलो (घरमै प्लग–इन) सुविधा, न्यून मर्मत लागत र सरकारी कर सुविधा (मोडल र समयअनुसार फरक) जस्ता कारणले ई–स्कुटर बजार विस्तारमा टेवा पुगेको छ । याडियाको प्रवेशले चितवन र वरपरका उपभोक्ताका लागि नयाँ विकल्प थपिएको उद्योग विज्ञको आँकलन छ ।

उद्घाटन कार्यक्रममा सहभागी उपभोक्ताले प्रदर्शित मोडलहरूको बाहिरी रूपरङ र निर्माण गुणवत्ताको प्रशंसा गरेका थिए । केहीले सोही दिन परीक्षण सवारी गरेर प्राथमिक प्रतिक्रिया दिएका थिए, जसलाई कम्पनीले सेवा सुधारका लागि संकलन गर्ने जनाएको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट