ओली – भण्डारी भेटवार्ता

SHARE:

काठमाडौँ, ४ साउन ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार एमालेको केन्द्रीय कार्यालय, च्यासलमा भेटवार्ता भएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा आउने सार्वजनिक घोषणा गरेपछि एमालेको हालैको सचिलालय र पोलिटब्यूरो बैठकमा यस विषयमा छलफल भएको थियो ।

यससम्बन्धमा पार्टी नेतृत्वसँग औपचारिक रूपमा आज छलफल हुन लागेको हो । अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीले आफ्नो घोषणाअघि पार्टीसँग कुनै छलफल नगरेको बताउँदै आउनुभएको छ ।

एमालेको शनिबार सम्पन्न पोलिटब्यूरो बैठकमा अधिकांश सदस्यहरूले गरिमामय पदमा रहिसकेको पूर्वराष्ट्रपति पार्टीको सक्रिय राजनीतिमा आउन नहुने विचार व्यक्त गरेका थिए । एमालेको केन्द्रीय कमिटीको बैठक सोमबारदेखि बस्दैछ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट