भरतपुर, २९ असार ।
लायन्स क्लब अफ भरतपुर वर्ष २०२४/०२५ का अध्यक्ष सन्तोष मजाकोटीले आफ्नो कार्यकाल सम्पन्न गरी वर्ष २०२५/०२६ का अध्यक्ष लायन मनोज खड्काको टिमलाई पद हस्तान्तरण गर्नुभएको छ । शनिबार होटल पौवा भरतपुरमा आयोजित कार्यक्रममा मजाकोटीले खड्काको टिमलाई पद हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा संस्थापक अध्यक्ष लायन दीपककुमार राना, पूर्व अध्यक्ष तथा भरतपुर महानगरपालिका – ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्ले, पुर्व अध्यक्षहरु लायन अनुजराज पन्त, रामराज पौडेल, दिनेश न्यौपाने, हरि अधिकारी, माधव पोखरेल, हरिप्रसाद गैरेलगायत उपस्थित सबै सदस्यलाई अध्यक्ष मजाकोटीले मायको चिनोस्वरुप पुस्तक उपहार गर्नुभएको थियो ।

चितवनमा पठन संस्कृति अभियान लोकप्रिय छ । लायन्स, रोटरी, जेसीज, शैक्षिक, राजनीतिक, सामाजिक संघसंस्थालगायत सरकारी साथै गैरसरकारी संस्थाले गर्ने विविध कार्यक्रममा मायाको चिनोस्वरुप किताब दिने प्रचलन बनाएका छन् । पठन संस्कृतिलाई टेवा पुर्याउन आफूले सक्दो पहल गरेको मजाकोटीले बताउनुभयो ।

मजाकोटी अहिले डिस्ट्रीक्टको जोन चियरपर्सन हुनुहुन्छ ।


